Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ११ गते


Advertisement

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । यस्तै दिलिप नाथले ३१ रन जोडे । ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंले ३(३ तथा हेम्नत धामीले २ विकेट लिए ।

अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित हुँदै ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।

दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।


प्रतिकृया दिनुहोस्