Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वकपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल इङ्ल्यान्डसँग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ९ गते


Advertisement

काठमाडौं । भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘सी’मा रहेको नेपालले इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालको पहिलो खेल इङ्ल्यान्डसँग फेब्रुअरी ८ मा हुनेछ। त्यसपछि दोस्रो खेलमा फेब्रुअरी १२ मा इटालीसँग र तेस्रो खेलमा फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग खेल्नेछ।

लिग चरणको अन्तिम अर्थात चौथो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल फेब्रुअरी १७ मा हुनेछ। नेपालका चारै खेल मुम्बईमा हुनेछन्।

विश्वकपको पहिलो खेलमा फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड प्रतिस्पर्धा हुनेछ। यो खेल कोलोम्बोमा हुनेछ ।

 

 

 


प्रतिकृया दिनुहोस्