Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ८ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली राम्रो सुरुवात गर्न सकेन।

पहिलो बलमा प्रारम्भिक ब्याटर जोस ब्राउनलाई गुमायो। त्यसपछि लगातार विकेट गुमाउँदै गएपछि सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। उनी २८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दा मार्क वाटको बलमा नजिबुल्लाह जड्रानको हातबाट क्याच आउट भए।

त्यस्तै, २५ बलमा तीन चौका सहयोगमा २७ रन बनाएका आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए। हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे।

स्कट कुग्लेजिन १० रनमा बोल्ड आउट भए। विनोद भण्डारी ११ रन बनाउँदा एलबीडब्लुको धरापमा परे।

कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए। त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए ।


प्रतिकृया दिनुहोस्