Skip

Hamro Sanchar

तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रियाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ३० गते


काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५।४ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको प्रतिवेदनले उक्त दरले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड भित्रिएको देखाएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११।९ प्रतिशतले बढेको थियो।

गत असोज महिनाको विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु।४४३ अर्ब ७६ करोड रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ)लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो।


प्रतिकृया दिनुहोस्