
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो हार भोग्दै आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएई भ्रमण सकाएको छ।
युएईको घरेलु मैदानमा भएको अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग ४ विकेटले पराजित भएको हो।
नेपाल यूएईसँग पहिलो खेलमा ५ विकेटले नै पराजित भएको थियो। अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले खेल पराजित भएको थियो ।


















