Skip

Hamro Sanchar

सुनको मूल्य एकैदिन तोलामा २५ सयले बढेर हालसम्मकै उच्च

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २० गते


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार ९असोज २०० हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँमा कायम भएको छ । आज छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यस दिन सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेको थियो ।

सोमबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्