Skip

Hamro Sanchar

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एकैदिन झन्डै ४ हजार रुपैयाँ बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ७ गते


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार ३ हजार ९०० रुपैयाँले बढेर सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान कायम भएको छ।

आज सुन प्रतितोला २ लाख २१ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुन(चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख १७ हजार ८०० मा खरिदबिक्री भएको थियो।

यसैगरी चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६८० मा किनबेच भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन सोमबार प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्