Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टी-२० आई सिरिज : राष्ट्रिय क्रिकेट टोली आज साँझ यूएई जाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ६ गते


Advertisement

काठमाडौं । वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी-२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार यूएई प्रस्थान गर्ने भएको छ।

टोली फ्लाई दुबईबाट साँझ ७:२५ बजे यूएई उड्ने भएको हो।

नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले एक सातापछि मात्रै भिसा दिएको थियो। यसअघि आवेदन दिएको दोस्रो दिनमै भिसा स्वीकृत गर्ने गरे पनि यसपटक ढिलाइ भएको हो।

भिसामा ढिलाइ भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र यूूएई क्रिकेट बोर्डमार्फत पहल गरेको थियो।

नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी-२० आई सिरिज खेल्न लागेको हो। सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ-आफ्नो टोली घोषणा गरिसकेका छन्।

युनिटी कपका लागि अनलाइन टिकेट समेत खुला भइसकेको छ। क्यानले टोलीलाई बिहीबार नै विदाइ गरिसकेको छ।


प्रतिकृया दिनुहोस्