Skip

Hamro Sanchar

राष्ट्रिय क्रिकेट टोलीले युएईको प्रवेशाज्ञा पायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ६ गते


काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (युएई)को प्रवेशाज्ञा पाएको छ।

नेपाल क्रिकेट संघका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो। सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ।

नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा प्रतियोगितामा सहभागिता जनाउने विषयमा अन्योलता उत्पन्न भएको थियो ।


प्रतिकृया दिनुहोस्