
काठमाडौं । लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बाबाचोकस्थित गणेश हिमाल माध्यमिक विद्यालयको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष शंकर थापाको अध्यक्षताको उद्घाटन भएको साधारणसभालाई संस्थाका उपाध्यक्ष राजु प्रसाद अधिकारीले स्वागत मन्तब्य तथा सचिव पुष्करराज नेपालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष थापाले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । त्यसैगरी संस्थाले जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कुन) र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन), बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कुन)को सदस्य लिनुका साथै राष्ट्रिय सहकारी बैंक लिमिटेड तथा अन्य बिभिन्न बाणिज्य बैंकमा खाता खोलि बचत गर्दै आएको र संस्थाले हिमाल रेमिट, प्रभु रेमिट, सिटि एक्सप्रेस, आइएमइ रेमिट र हुलास रेमिट मार्फत विभिन्न देशबाट पठाएको रकम भुक्तानी दिँदै आएको जानकारी दिए ।
यस्तै संस्थाले ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम’ संचालन गरेको छ । संस्थाले आर्थिक बर्ष २०८१/८२ को साउनदेखि नै संस्थामा आवद्ध महिला सदस्यहरु केन्द्रित ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम राखेको हो । उक्त कार्यक्रम अन्तर्गत संस्थामा सदस्य भएका सुत्केरी महिलालाई बिशेष उपहार प्रदान गरिने छ भने जन्मेका शिशुलाई संस्थाले त्यहि दिनबाट नि:शुल्क सदस्य बनाउने छ । संस्थामा आवद्ध महिला आफ्नो नजिकको वा छिमेकमा सुत्केरी भए संस्थालाई जानकारी गराउन सदस्यहरुलाई अध्यक्ष थापाले अनुरोध गरे ।
यस्तै संस्थाले दशैं, तिहार तथा छठ पर्वको अवसरमा संस्थामा आवद्ध सेयर सदस्यहरुका लागि न्यूनतम ९ प्रतिशत ब्याजदरमा सवारीसाधन खरिदमा रकम उपलब्दध गराउने भएको छ ।
कोषाध्यक्ष राजन थापाका अनुसार आर्थिक बर्ष २०८१/८२ मा शेयर पुँजी ३ करोड ४४ लाख रुपियाँ पुगेको छ ।
२०६४ सालमा स्थापित सहकारीमा स्थानीय २ हजार ८२ जना सेयर सदस्य रहेका छन् ।



















