Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

 सेयर बजार बुधबारबाट खुल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३० गते


Advertisement

काठमाडौं । सेयर कारोबार बुधबारबाट खुल्ने भएको छ। धितोपत्र बोर्डले आजको बैठकमा बुधबारबाट सेयर बजार खोल्ने निर्णय गर्न लागेको हो।

धितोपत्र बोर्डका अध्यक्षले हाम्रा (नेप्सेका)प्रमुख कार्यकारी अधिकृतलाई बुधबारबाट बजार खुल्ने निर्णय मंगलबार गर्न लागिएको जानकारी दिएका छन्, नेप्सेका एक अधिकारीले बताए।

नेप्सेले पछिल्लो पटक भदौ २९ गतेदेखि असोज २ गतेसम्मको लागि सेयर बजार बन्द गरेको थियो। तर, नयाँ निर्णय हुने भएपछि सो समयअघि नै बजार खुल्ने भएको हो।

धितोपत्र ‍ऐनले बोर्डको निर्देशनमा बढीमा पाँच दिनलाई सेयर बजार बन्द गर्न सक्ने व्यवस्था गरेको छ।

यसै आधारमा नेप्सेले भदौ २९ देखि असोज २ गतेसम्म कारोबार रोक्का गर्ने नयाँ निर्णय गरेको थियो। बजार खुल्ने विषयमा धितोपत्र बोर्डले आइतबार पनि छलफल गरेको थियो।

यसअघि प्रदर्शनकै कारण २५ र २६ गते पनि बजार बन्द गरिएको थियो ।


प्रतिकृया दिनुहोस्