Skip

Hamro Sanchar

माओवादीले अजम्बर राईलाई स्थायी समिति सदस्य बनाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २० गते


काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य अजम्बर राई काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय भएको एक नेताले जानकारी दिए ।

योसँगै माओवादीमा ४७ सदस्य स्थायी समिति बनेको छ । यस अघि एकता प्रक्रियामा जोडिएका गङ्गानारायण श्रेष्ठ र डा विजय सैंजु स्थायी कमिटी सदस्य भएका थिए ।


प्रतिकृया दिनुहोस्