Skip

Hamro Sanchar

गान्धी तुलसी क्याम्पसकी छात्राले बि.बि.एस चौथो बर्षको परिक्षामा ल्याइन् ८२.२ प्रतिशत अंक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ९ गते


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-९ काँडाघारीमा रहेको गान्धी तुलसी क्याम्पसमा अध्ययरत छात्रा रोचना टन्डुकारले बि.बि.एस. चौँथो बर्षमा ८२.२ प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणीमा उतिर्ण भएकी छन् ।

ब्यबस्थापन संकाय अन्तर्गत बि.बि.एस. चौँथो बर्षमा अध्ययनरत टन्डुकारले ८२.२ प्रतिशत अंकसहित विशिष्ट श्रेणीमा उतिर्ण भएकी हुन् । टन्डुकार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-९ मा बस्दै आएकी छन् । उनिसँगै गान्धी तुलसी क्याम्पसबाट परीक्षा दिएका १७ जनाले उत्कृष्ट नतिजा ल्याएर उतिर्ण भएका छन् ।

अध्ययनमा लगनशील टन्डुकारले अहिलेसम्मै सबैभन्दा धेरै अंक ल्याएर उतिर्ण भएको क्याम्पस प्रमुख लेखराज पौडेलले जानकारी दिए ।

बिक्रम संवत २०७० सालमा स्थापना भएको क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।

ब्यबस्थापन संकाय अन्तर्गत चार बर्षे बि.बि.एस. अध्ययन हुन्छ ।

त्रिभुवन विश्वविद्यालयले बि.बि.एस. चौँथो बर्षको नतिजा शुक्रबार सार्वजनिक गरेको थियो ।


प्रतिकृया दिनुहोस्