Skip

Hamro Sanchar

टप एण्ड टि- २० सिरिज : अन्तिम खेलमा पाकिस्तानको साहिन्ससंग भिड्दै नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ६ गते


काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तानको साहिन्सविरुद्ध खेल्दैछ।

डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा हुने खेल शुक्रबार दिउँसो ३ बजेपछि सुरु हुनेछ।

सिरिजका सुरुवाती तीन खेलमा लगातार हार व्यहोरेको नेपाली टोलीले पछिल्ला दुई खेलमा भने जित निकालेको छ। नेपाली टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ।

३ खेलमा हार र २ खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

सिरिजका पाँच मध्य तिन खेलमा जित र २ खेलमा हार भोगेको पाकिस्तानको टोली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

यसअघिका दुई खेलमा नेपालले मेलवर्न रेनेगड्स एकेडेमीलाई ३३ तथा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो।

मेलवर्न स्टार्स एकेडेमीसँग भने ३१ तथा बंगलादेश ए सँग ३२ रनले पराजित भएको थियो। सिरिजको पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस्