Skip

Hamro Sanchar

यथार्थ खबर गाइजात्रा हास्य व्यङ्ग्य प्रतियोगीता हुँदै, प्रथम पुरस्कार एक लाख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २० गते


काठमाडौं । यथार्थ खबर प्रा.लि.को आयोजनामा गाइजात्रा हास्य व्यङ्ग्य प्रतियोगीता- २०८२ हुने भएको । हास्य व्यङ्ग्यको माध्यमबाट सामाजिक सत्य र तथ्यलाई उजागर गर्न यथार्थ खबरले आउँदो आइतबार (साउन २५ गते)गाइजात्रा हास्य व्यङ्ग्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।

गाइजात्रा पर्वको अवसरमा देशमा विद्यमान राजनीति, सामाजिक तथा आर्थिक, अन्याय, अत्याचार,
बिकृति, बेथिति र भ्रस्टाचारका विरुद्ध जनताले मन खोलेर कसैको डर त्रास नराखी हास्य र व्यङ्ग्य माध्यमबाट
आफ्नो भावना प्रस्ततु गर्न आयोजकले अनुरोध गरेको छ ।

आफुभित्र भएको कला र साहित्य तथा नयाँ सोच र विचारले देशलाई कुकर्म गर्नेहरूबाट बचाउन र तिनीहरूको
कामलाई हास्य व्यङ्ग्यको माध्यमबाट छताछुल्ल पार्न तथा देशलाई सम्वृद्धिको बाटोमा अघि बढाउन मदत पुग्ने विश्वास गरिएको छ ।

आफूभित्र भएका कला र साहित्य, फट्यांग्रा मजाक, गहिरो व्यङ्ग्य, र रचनात्मक प्रस्तुतिलाई यथार्थ खबरको एप डाउनलोड गरेर सोहिअनुसार भरेर भिडियो पठाउन सकिने बताइएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार एक लाख रुपियाँ राखिएको छ भने द्वितीय पुरस्कार ५०, तृतीय पुरस्कार  २५ हजार र साथमा आकर्षक ट्रफी र अन्य उपहारहरू प्रदान गरिने आयोजकले बताएको छ ।

पुरा विवरण यहाँ हेर्न सकिन्छ- YK GAIJATRA INFORMATION .docx


प्रतिकृया दिनुहोस्