Skip

Hamro Sanchar

सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँले घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ११ गते


काठमाडौं । नेपाली बजारमा आइतबार ९साउन ११० सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्