Skip

Hamro Sanchar

सुनको मूल्य एकै दिन २१ सय रुपैयाँले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ७ गते


काठमाडौं । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा चाँदी ३० रुपैयाँले बढेको छ । मंगलबार चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ । सुन वैशाख ९ गते हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । वैशाख ९ गते एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्