Skip

Hamro Sanchar

तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ६ गते


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँ कायम छ । सोमबार ९साउन ५० सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्