Skip

Hamro Sanchar

काठमाडौं महानगरको बजेट आइतबार आउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २७ गते


काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आगामी २९ असार ९आइतबार० आउने भएको छ ।

मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।

शुक्रबार बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले सो प्रस्ता गरेका हुन् । आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ ।

राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतबार सोही बराबरको बजेट सार्वजनिक हुनेछ ।


प्रतिकृया दिनुहोस्