Skip

Hamro Sanchar

नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २३ गते


काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज बिहान स्वदेश फर्किएको छ ।

एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज बिहान स्वदेश फर्किएको हो । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले विमानस्थलमा स्थागत गरे ।

उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो।

छनोटमा नेपालले पहिलो खेलमा लाओससँग ९–० को र दोस्रो खेलमा श्रीलंकासँग ८–० को जित निकालेको थियो ।

तर, अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । त्यसअघि खेलको निर्धारित समय दुवै टिमले ३–३ को बराबरी खेलेका थिए ।


प्रतिकृया दिनुहोस्