Skip

Hamro Sanchar

१३ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ५ किशोर पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १४ गते


Advertisement

 

१३ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ५ किशोर पक्राउ

ओखलढुंगा। ओखलढुंगामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ।

१३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचजना किशोरलाई पक्राउ गरेको छ। पक्राउ परेका किशोरलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइने ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी मदन केसीले जानकारी दिए।

केसीका अनुसार मोलुङ गाउँपालिका( २ की १३ वर्षीया किशोरीलाई १५ देखि १७ वर्ष उमेर समूहका पाँच किशोरले यही जेठ ११ गते सामूहिक बलात्कार गरेका उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो।

किशोरीलाई आफूमाथि बलात्कार भएको विषय आमालाई जानकारी गराएपछि प्रहरीमा उजुरी परेको थियो।

प्रहरीका अनुसार पाँचमध्ये दुईजनाले सहयोग गरेका र तीनजनाले बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ।

पीडित पक्षबाट मंगलबार जाहेरी परेको र सोही दिन उनीहरुलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।


प्रतिकृया दिनुहोस्