Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकैदिन तोलामा ३५ सय रूपैयाँ घट्यो सुनको भाउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ८१ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्