Skip

Hamro Sanchar

राजावादीको आचरण चैत १५ मा देखियो : प्रधानमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १८ गते


विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको चरित्र गएको चैत १५ को घटनामा उदांगो भएको बताएका छन्।

आज विराटनगरमा कोसी प्रदेश लगानी सम्मेलन उद्घाटन गर्दै उनले भने, “उनीहरूको आचरण चैत १५ मा देखियो । त्यो भुल्किओ अनि सकियो । समाप्त भयो ।”

आफ्ना विचार राखेकै भरमा राजावादीले लखेटेको र कलाकारका चलचित्र, गीत, भिडियो नहेर्नू भनेको उनले उल्लेख गरे । “हाम्रोमा राजा बन्ने व्यवस्था छैन भन्दा लखेटेका छन्, उही पुरानो पञ्चायती दिन सम्झिएका छन्,” उनले भने, “अधिनायकवादी चरित्र देखाएका छन् ।”

नेपालमा उपयुक्त वातावरण भएकाले ढुक्कसँग लगानी गर्न उनले आह्वान गरेका छन् ।


प्रतिकृया दिनुहोस्