
काठमाडौं, चैत ३- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको आमाको निधनप्रति दुख व्यक्त गरेका छन् ।
नगरप्रमुख कार्कीकी आमा सरीता कार्कीको ७७ बर्षको उमेरमा गत फागुन २४ गते मृत्यु भएको थियो ।
सभापति देउवाले शनिबार निवासमै पुगेर निधनप्रति दुख व्यक्त गरेका हुन् । सभापति देउवाले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
देउवाले आइतबार शोक विज्ञप्तिमार्फत स्वर्गीय कार्कीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गरेका छन् । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको पनि सभापति देउवाको भनाई छ ।
मृतक कार्की बिगत लामो समयदेखि दम रोगबाट पिडित थिइन् ।
यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कार्कीलाई मातृ शोक


















