
काठमाडौं, फागुन २४- कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक परेको छ ।
नगर प्रमुख कार्कीकी आमा सरीता कार्कीको ७७ बर्षको उमेरमा आज दिउसो ३ बजे वडा नम्बर-७ स्थित आफ्नै निवासमा मृत्यु भएको हो ।
नगरप्रमुख कार्कीकी आमा बिगत लामो समयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो ।
उहाँका एक छोरा उपेन्द्र कार्की र ५ छोरी हुनुहुन्छ ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।