काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ भने पृथ्वी राजमार्ग खुलाउन मर्मतको काम भइरहेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा पहिरोसँगै लेदो खसेपछि रातिदेखि बन्द रहेको बीपी राजमार्ग अवरोध हटाइएसँगै दुवैतर्फ सञ्चालनमा आएको हो। जिल्ला प्रशासनले वर्षाका कारण जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न...
काठमाडौं । भारतका चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले हिरासतमा लिएको छ। आज बिहान गुरुग्रामको सेक्टर–५६ बाट उनलाई नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ। राठीका निकट साथी र गुरुग्राम प्रहरीले समेत उनी हिरासतमा परेको पुष्टि गरेको समाचारमा उल्लेख छ। उनको पक्राउ यस्तो समयमा भएको छ, जतिबेला भारतमा विरोध प्रदर्शनको आह्वान गरिएको थियो।...
सातै प्रदेशका उत्कृष्ट सामुदायिक विद्यालय, प्रधानाध्यापक र स्थानीय सरकार छनोट, शिक्षा पत्रकार र विज्ञलाई पनि सम्मान गरिने
काठमाडौं, असोज २४- प्रधानाध्यापक संघ नेपाल (पान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन आगामी मंसिर ४ देखि ६ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने भएको छ। प्रत्येक वर्ष देशका फरक-फरक प्रदेशहरूमा राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको संस्थाले यस वर्ष मधेश प्रदेशमा आयोजना गर्न लागेको हो। सम्मेलनकै अवसरमा शिक्षा क्षेत्रमा विशिष्ट...