Hamro Sanchar

कमल थापा नेतृत्वको राप्रपा नेपालकाे पदाधिकारी बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २६ गते


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार पदाधिकारी बैठक बोलाएका छन्।

दिउँसो साढे १ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।

आगामी दिनमा पार्टीले उठाउँदै आएको हिन्दु राष्ट्रसहितको राजसंस्थाको एजेन्डा स्थापित गर्ने सन्दर्भमा पनि छलफल हुने उनले बताए।

‘यसका लागि समान विचार र उद्देश्य भएकाहरू एकजुट भएर आन्दोलन गर्नुपर्नेछ। पार्टी अध्यक्ष कमल थापाले यही दृष्टिकोण राख्दै आउनुभएको छ,’ उनले भने, ‘यही सन्दर्भमा बैठक बस्न लागेको हो ।


प्रतिकृया दिनुहोस्