Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेलुङ गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २१ गतेदेखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ११ गते


Advertisement

दोलखा, मंसिर ११- मेलुङ गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २१ गतेदेखि हुने भएको छ ।

सूचनाअनुसार स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २१ गते गाउँपालिकाको वडा नम्बर-६ मेलुङ, टुँडिखेलमा उद्घाटन हुनेछ ।

प्रतियोगिता २३ गते समापन हुनेछ ।

प्रतियोगितामा महिला र पुरुष भलिबल खेल, छेलो, जैवलिन थ्रो, ८ सय मिटरसम्मको रिले दौड, हाइ जम्प, लंग जम्प, सटपुटलगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा पालिकाका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहने छ ।

खेल स्वस्थता कायम राख्ने र अनुशासन सिकाउने माध्यम भएको गाउँपालिका अध्यक्ष थोकरले बताए । ‘खेल क्षेत्र मनोरञ्जनको क्षेत्र मात्र नभएर मान्छेको सिर्जनशिल क्षमतालाई पनि विकास गर्ने, अनि मान्छेलाई अनुशासनमा राख्न फाइदा पुग्ने भएकाले विद्यालय तहबाटै यसतर्फको आकर्षण बढाउनुपर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको हौँ ।’ उनले हाम्रोसंचारसँग भने ।

गत बर्षको प्रतियोगिता डाँडाखर्क माविले हात पारेको थियो ।


प्रतिकृया दिनुहोस्