Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकैदिन प्रतितोला १ हजार रूपैयाँ बढ्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ३ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्