Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २६ गते


Advertisement

काठमाडौं । सुनचाँदीकै मूल्य आज थप घटेको छ। बजारमा आज सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको हो। आइतबार पनि सुनचाँदीकै मूल्य घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको लागि छापावाला सुनको मूल्य तोलाको एक लाख ६५ हजार निर्धारण भएको छ।

हिजो सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण भएको छ ।


प्रतिकृया दिनुहोस्