काठमाडौं । भारत उत्तराखण्डको अल्मोडास्थित मर्चुलानजिक सोमबार भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ३६ पुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घाइते चारजनालाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ। तीन जना घाइतेलाई एम्स ऋषिकेशमा भर्ना गरिएको छ। घटनास्थलमा उद्धार जारी छ।
बसमा ५५ भन्दा बढी यात्रु सवार थिए। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी प्रशासन घटनास्थल पुगेको थियो।
बस नैनीडाँडाको किनाथबाट रामनगर जाँदै थियो। मर्चुला पुग्नेबित्तिकै बस सारद बन्दरनजिक नदीतर्फ खसेको थियो ।