Hamro Sanchar

साफ महिला च्यापियनसिप : उपविजेता नेपाली खेलाडीलाई सरकारले ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । काठमाडौंमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो ।

उनका अनुसार मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस्