Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साफ उपविजेता नेपाली महिला टोलीलाई काठमाडौँ महानगरको २५ लाख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साफ च्याम्पियनसिप- २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ।

मेयर बालेन्द्र शाह (बालेन)र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता नेपाली टोलीलाई सम्मान गरेका हुन्।

‘देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ१ सधैँ देशलाई यसरीनै मायाले समात्नु होला,’ २५ लाखको चेक हस्तान्तरण गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘नेता र राजनीतिले टुक्राएको देशलाई सधैँ यसरीनै जोड्ने काम गरिराख्नु होला१’

बुधबार साँझ भएको साफको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस्