Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मुल्य अहिलेसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १३ गते


Advertisement

काठमाडौं । सोमबार घटेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। चाँदीको मूल्य पनि आज बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य १ लाख ६८ हजार पाँचसय कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ थियो।

आज एकैदिन एक हजार पाँचसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

चाँदी पनि आज महँगिएको छ। चाँदी आज तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

हिजो चाँदीको मूल्य २ हजार ६५ रुपैयाँ थियो।


प्रतिकृया दिनुहोस्