Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विश्वकप लिग-२ : नेपाल अमेरिकासंग खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो पहिलो खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोली र अमेरिका भिड्दैछन्।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ।

सिरिजमा पहिलो खेल खेल्न लागेको नेपाली टोली सुःखद सुरुवात गर्ने योजनामा छ।

उता आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको अमेरिका नेपाललाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ।

क्यानडामा सिरिज खेलेर अमेरिका पुगेको नेपाली टोली त्यहाँ तीन खेलको टी–२० सिरिज खेलेको थियो। तीन खेलको सिरिजमा नेपालले क्लीनस्विप गरेको थियो। तर अमेरिकासँगको एक दिवसीय अभ्यास खेलमा भने नेपाली टोली पराजित भएको थियो।

पछिल्लो समय ओडीआईमा खराब प्रर्दशन गर्दै आएको नेपाली टोली पुराना नतिजालाई बिर्सेर सिरिजमा नयाँ सुरुवात गर्न चाहन्छ। सिरिजकै लागि लेग स्पीनर सन्दीप लामिछाने अमेरिका पुगिसकेका छन्।

सिरिजका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेको छ।


प्रतिकृया दिनुहोस्