Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आजको जुलुसले माओवादीको ओरालो यात्राको शृंखला प्रष्ट देखायो : विष्णु रिजाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १० गते


Advertisement

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्राको शृंखला आज काठमाडौंमा गरेको प्रर्दशनले देखिएकोे टिप्पणी गरेका छन्।

आज माओवादीले सरकारविरुद्ध खवरदारी सभा गर्नुअघि लिकालिएको जुलुसले माओवादीको ओरालो यात्रा देखाएको बताए।

उनले माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको अनिश्चितकालीन आमहडतालु पनि देखिएकै भोगिएको स्मरण गरेका छन् ।

उनले भनेका छन्, शहरी जनविद्रोह पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको अदृश्य धाँधलीका विरुद्धुको आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन ।


प्रतिकृया दिनुहोस्