Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लगातार बढेको सुनको मूल्य आज भने स्थिर, कतिमा हुँदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ९ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

हिजो अर्थात् बिहीबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।

बिहीबार प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला दुई हजार ७० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्