Skip
आज : २०८१ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज घट्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २१ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्