Skip
आज : २०८१ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आज तय भएकोअन्तर्वार्ता स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १८ गते


Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आजलाई तय अन्तर्वार्ता स्थगित भएको छ ।

बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेकाले उमेदवारको अन्तर्वार्ता स्थगन गरिएको अर्थसचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

अध्यक्षका तीन उमेदवार शुक्रबार अन्तर्वार्ता दिन अर्थ मन्त्रालय पुगेका थिए । तर, उनीहरूले अन्तर्वार्ता दिन पाएनन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्ता दिन गएका थिए ।

उनीहरूले यसअघि दुईपटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए । यी तीनजनालाई सिफासिस समितिले पुनः सूचना निकालेर आज बिहान ८ बजेका निम्ति अन्तर्वार्तामा बोलाएको थियो ।

यसअघि, सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् ।


प्रतिकृया दिनुहोस्