आज : २०८१ आश्विन १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मदन-आश्रित मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युटमा नि:शुल्क औद्योगिक प्रशिक्षार्थी तालिममा भर्ना खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १३ गते


Advertisement

काठमाडौं, असोज १३- मदन–आश्रित मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युटमा २४ महिना अवधिको व्यावसायिक शिक्षा औद्योगिक प्रशिक्षार्थी(अप्रेन्टिसिप) तालिममा रोजगारको सुनिश्चिततासहित नि:शुल्क भर्ना खुलेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा रहेको इन्ष्टिच्युटमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयमार्फत इन्स्योर परियोजनाद्धारा संचालित प्रि:डिप्लोमा होटल म्यानेजमेन्टमा ४० जना र प्रि:डिप्लोमा Early Childhood Development Facilitation (ECDF) मा २० जनाको सिट संख्यामा नि:शुल्क भर्ना खुलेको हो ।

फारम भर्न यहिँ असोज ४ गतेदेखि १८ गतेसम्म समयावधि तोकिएको छ । भने प्रवेश परिक्षा कात्तिक ३ गते हुनेछ । एसइई, एसएलसी परिक्षामा एनजी (NG) प्राप्त वा सहभागी भएकाले समेत आवेदन दिन पाउनेछन् ।

पशिक्षार्थीलाई बर्षमा एक पटक पोशाकको व्यवस्था, मासिक रुपमा उद्योगबाट प्रोत्साहन रकमको रुपमा न्यूनतम रुपियाँ ४ हजार ३ सय २५ उपलब्ध हुने, ७ लाख बराबरको सामुहिक दुर्घटना बिमा, यातायात खर्च बापत प्रति पशिक्षार्थी प्रति हाजिरी दिन रु. एक सय उपलब्ध गराइने, इन्ष्टिच्युटमा हुने अध्ययन अवधिको लागि होस्टेलको ब्यबस्था लगायतका सेवा र सुबिधा उपलब्ध हुनेछन् ।

सिटीइभिटी र मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा साझेदारीमा संचालित मदन–आश्रित स्मृति मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा डिप्लोमा तह र प्रि- डिप्लोमा तहमा पठनपाठन संचालन हुदै आएको छ । न्युन शुल्कमा अध्यापन गरिने, आफ्नै अत्याधुनिक भवन र खेल मैदान भएको, आधुनिक प्रयोगशाला र लाईब्रेरी भएको, नि:शुल्क छात्रावासको व्यवस्था रहेको शिक्षालयले होटेल म्यानेजमेन्ट अध्ययनपश्चात् रोजगारिको व्यबस्थाको लागि इन्ष्टिच्युट आफैले विद्यार्थीलाई सहयोग गर्ने गरेको छ ।

मदन–आश्रित स्मृति मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा प्राविधिक धार तर्फको अध्ययनको लागि प्रत्येक बर्ष सिमित सिटमा भर्ना खुल्छ, शिक्षालयमा अधिकांश स्थानीयस्तर भन्दा बाहिरी जिल्लाका विद्यार्थी भर्ना हुन आउने गरेका छन् ।

शिक्षालयले दुर्गम क्षेत्र, दलित समुदाय, महिला, सहिद परिवार र जनआन्दोलनका घाइतेहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेको सहायक प्रधानाध्यापक बिष्णु खनालले बताए । ‘प्रत्येक वर्ष दुर्गम क्षेत्र र दलित समुदायलाई लक्षित गरेर विद्यार्थीलाई नि:शुल्क रूपमा पढाउछौ । र, शुल्कको हकमा पनि अरू कलेजभन्दा हामीकहाँ आधा नै सस्तो छ ।’

शैक्षिक गुणस्तरीयताको दृष्टिले हेर्दा देशकै उत्कृष्ट कलेजहरूको लहरमा पर्ने पनि खनालले बताए । खनाल भन्छन्, ‘हामीकहाँ सुविधा सम्पन्न पूर्वाधारहरू छन् । योग्य र दक्ष जनशक्ति रहेको छ । आधुनिक शैक्षिक सामग्रीहरू प्रयोग गर्ने गरेका छौं । हामीले प्रयोगात्मक कक्षमा बढी ध्यान केन्द्रित गरेका छौं । र, हाम्रो कलेजबाट उत्पादन भएका विद्यार्थीहरूले काम नपाउने भन्ने समस्या रहेको छैन ।’

शिक्षालयमा २०८१/८२ का लागि नयाँ भर्ना खुलेको छ । डिप्लोमा तहतर्फ सिभिल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, पशु विज्ञान, बाली विज्ञान र होटल म्यानेजमेन्टमा भर्ना खुलेको छ ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो । नेताद्वयका स्मृतिलाई चीरस्थायी तुल्याइराख्ने उद्देश्यले ०५१ सालमा मदन–आश्रित स्मृति प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठानले ०६५ सालमा प्राविधिक शिक्षालय खोलेको हो ।


प्रतिकृया दिनुहोस्