आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनको मूल्य लगातार महँगिदै, तोलाको १ लाख ६० हजार ७ सय रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

काठमाडौं । पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ। गएको आइतबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ।

आज सुनको मूल्य तोलामा तीनसय रुपैयाँ बढेर एक लाख ६० हजार सातसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

हिजो सुनको मूल्य एकलाख ६० हजार चारसय रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्