आज : २०८१ आश्विन १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

उत्कृष्ट नतिजा दिन नसक्ने शिक्षक-शिक्षिकालाई नगरपालिकाले बिदाई गर्छ- मेयर कार्की

प्रदिप नेपाली प्रकाशित : २०८१ असोज, ३ गते


Advertisement

काठमाडौं, असोज ३- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले वर्तमान अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्ने कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा नगरपालिकाले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर कार्कीले शिक्षा क्षेत्र सुधार विना अन्य क्षेत्रको विकास सोचे जस्तो उपलब्धि पाउन कठिन हुने भएकोले नगरपालिकाभरका विद्यालयमा योजनासहित काम सुरू भएको बताए ।

नगरपालिकाले ननग्रेड अर्थात् ‘एनजी’ उन्मुलन अभियान संचालन गरेको जानकारी दिँदै मेयर कार्कीले परिक्षामा पासमार्क पनि नल्याएर अनुतिर्ण भएका विद्यार्थीका हकमा बिशेष व्यवस्था गरिएको बताए । तर अब बिगतमा जस्तो पासमार्क पनि नल्याउने विद्यार्थीको हकमा विद्यार्थीलाई मात्र जिम्मा दिएर उम्कन नमिल्ने धारणा व्यक्त गरे । त्यसको जिम्मेवारी शिक्षक, विद्यालय, अविभावक र शिक्षा क्षेत्रमा लागेकाहरुले लिनुपर्ने मेयर कार्कीको भनाई छ ।

‘अब नगरपालिकाको ध्यान अनुतिर्ण भएका विद्यार्थीमाथि गएको छ । पढ्न सक्नेलाई अझ पढ्न सक्ने बनाउँ । राम्रोलाई अझ राम्रो रिजल्ट ल्याउन सक्ने बनाउँ । यो विद्यार्थी त यस्तै हो, मिहिनेत गर्दैनथ्यो भनेर छोड्ने एउटा प्रवृति छ । अब त्यसरी हुन्न, पासमार्क पनि नल्याउने विद्यार्थीको हकमा विद्यार्थीलाई मात्र जिम्मा दिएर उम्कन मिल्दैन । त्यसको जिम्मेवारी शिक्षक, विद्यालय, अविभावक र हामी जस्ता शिक्षा क्षेत्रमा लागेकाहरुले लिनुपर्छ । प्रत्येक विद्यालयमा अनुतिर्ण भएका संख्याको एक-एक हिसाब गरेर अनुतिर्ण किन भयो ? भन्ने प्रश्नको खोजि गर्दै समाधान गर्नेछौ ।’ उनले भने ।

मेयर कार्कीले कार्यक्रममा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई अगाडी राखेर भने, “सामुदायिक विद्यालयमा के अभाव छ ? के चाहिएको छ ? कति पैसा चाहिन्छ ? भन्नु होला, माग पत्र लिएर नगरपालिकामा आउनु होला, नगरपालिकाले दिन्छ । तर विद्यालयको नतिजा उत्कृष्ट आउनु पर्छ । कोहि शिक्षक त कक्षा कोठामा छिर्ने बितिक्कै विद्यार्थी बाहिर निस्कने गरेको पनि सुनियो । यदि नतिजा उत्कृष्ट दिन सक्नु भएन भने त्यसको जिम्मा तपाईहरुले लिनु पर्छ । अन्यथा, नगरपालिकाले तपाईहरुलाई बिदा गर्छ ।”

शिक्षाको विकास विना अन्य क्षेत्रको विकास सम्भव नभएको भन्दै उनले नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि महत्वपूर्ण योजनाहरु संचालन गरिरहेको बताए । उनले नगरका विद्यालयहरुको भौतिक तथा गुणस्तरीय शिक्षा प्रणालीको विकासमा प्रयासरत रहेको र त्यसमा साथ दिन सबैलाइ आग्रह गरे ।

नगरपालिकाभित्र शिक्षा क्षेत्रमा देशमै गर्भ गर्न लायक विद्यालयहरु रहेको उल्लेख गर्दै उनले नगरका विद्यालयका स्तरोन्ती गर्दै गुणस्तरीय शिक्षा प्रणालीको विकास गरिने बताए । प्रत्येक विद्यालयले रिजल्टलाई मात्र टार्गेट गरेर शिक्षा प्रदान गर्नुभन्दा पनि संस्कारसहित शिक्षालाई प्राथमिकतामा राखेर शिक्षा दिनुपर्नेमा जोड दिए ।


प्रतिकृया दिनुहोस्