काठमाडौं । सुनको मूल्य असोजको पहिलो दिन घटेको छ।
सुन आज प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। भदौको अन्तिम दिन ३१ गते सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदी भने आज १ हजार ९०५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।