Hamro Sanchar

प्रधानमन्त्रीले सहकारीसम्बन्धी संसदीय छानबिन समितिसँग छलफल गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २९ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग छलफल गर्ने भएका छन्।

आज अपराह्न ५ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफल हुन लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

रास्वपा सभापति रवि लामिछाने लगायतमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ।

नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे छानबिन गर्न संसदीय छानबिन विशेष समिति बनेको थियो।

समितिले प्रतिवेदन बुझाउनुअघि प्रधानमन्त्री ओलीसँग पनि छलफल गर्न लागेको हो।

समितिमा नेपाली कांग्रेस र एमालेबाट दुईरदुई जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकरएक जना सदस्य रहेका छन् ।


प्रतिकृया दिनुहोस्