काठमाडौं । क्यानडामा हुने आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको आज (मंगलबार)बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)आज बिहान कार्यक्रम गरी रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो।
लिग २ मा नेपालले पहिलो खेल यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ। यसपछि सेप्टेम्बर १८ र २४ मा ओमानविरुद्ध खेल्नेछ।लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ।
उक्त सिरिजमा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
त्यसपछि लिग २ खेल्न नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ।
जहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछन्। ८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।