Hamro Sanchar

सरकारले पलेशालाई ६५ लाख पुरस्कारसहित सम्मान गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १९ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलम्पिक खेलकुदमा नेपाललाई पहिलोपटक पदक दिलाउने पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कासहित सम्मान गरिने बताएका छन्।

पलेशाले पेरिस पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी हुन्। जुन नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो।

‘पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ। पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनुभयो। नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई’, बुधबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले उहाँलाई दिन लागेको रु ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिनेछ।’

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।

सोही व्यवस्थाबमोजिम सरकारले पलेशालाई पुरस्कार दिन लागेको हो।


प्रतिकृया दिनुहोस्