Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनीमा वन मन्त्रालयद्वारा एकै पटक १२४ कर्मचारीको सरुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ८ गते


Advertisement

बुटवल । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना अधिकृतको एकै पटक सरुवा गरेको छ ।

वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले चौथो तहका फरेस्टरदेखि अधिकृतस्तर आठौंसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन् ।

मन्त्रालयका अनुसार दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र कर्मचारी सरुवा भएका छन् । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति अनुसार अवधि पुगेका सबै कर्मचारीको सरुवा गरिएको लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कुर्मीले बताए ।

एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको उनको भनाइ छ।

बन् मन्त्रालयको यो निर्णयबाट दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गर्न अन्य मन्त्रालयलाई पनि दबाब पुगेको मन्त्रालयका योजना प्रमुख केशव खड्काले बताए ।


प्रतिकृया दिनुहोस्