Hamro Sanchar

आज शेयर बजारमा २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २८ गते


Advertisement

काठमाण्डौ । शेयर बजारमा आज उच्च कारोबारको अर्को रेकर्ड बनेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९ सय विन्दुभन्दा माथि पुग्दा २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ । शेयर बजारमा हिजो भएको २५ अर्ब ७७ करोड रुपैयाँको कारोबारको रेकर्ड आज नै तोडिएको हो ।

आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ । नेप्से साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै नौ वटा कम्पनीका शेयर नौ प्रतिशतले भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेली बुखारी कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।


प्रतिकृया दिनुहोस्