Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सेयर बजारमा नयाँ रेकर्ड : परिसूचक २८ सय विन्दुमाथि, २५ अर्बको कारोबार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २७ गते


Advertisement

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। २५ अर्ब माथिको सेयर कारोबार हुँदा नेप्से परिसूचक २८ सय विन्दुमाथि पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.७६ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेर बन्द भएको छ। यसदिन ३३० स्क्रिप्सको ६ करोड ३२ लाख १ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १ अर्ब ५२ करोड २ लाख ४७ हजार ३७० रुपैयाँको सेयर कारोबार भयो।

यसैगरी शिवम् सिमेन्टको १ करोड १६ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्फ्रास्टक्चर बैंकको ६८ करोड , नेपाल फाइनान्सको ५९ करोड र अपर तामाकोशी हाइड्रोपावरको ५५ करोड मूल्य बढीको सेयर कारोबार भयो।

यसदिन एक दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। २५ अर्ब बढीको सेयर कारोबार भएको बजारमा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

१३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ। इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स समूहको उपसूचक ४ प्रतिशत बढीले बढ्यो।

कारोबारमा आएका २२५ स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो । २ स्टक्सको मूल्य भने यो दिन स्थिर रह्यो ।


प्रतिकृया दिनुहोस्