काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस बिहीबारका लागि भाउ प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेको थियो